स्वर्गीय निर्मल लामाबाट कम्युनिस्ट नेताहरूले प्रेरणा लिनुपर्छ : प्रधानमन्त्री

स्वर्गीय निर्मल लामाबाट कम्युनिस्ट नेताहरूले प्रेरणा लिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताउनुभएको छ । नेता लामाको २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त धारणा राख्नुभएको हो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३–३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवम् कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो ।’

उहाँले लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिनुपर्ने उल्लेख गर्नुभयो । ‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो । राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो । समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो,’ प्रधानमन्त्रीले भन्नुभयो ।

टिप्पणीहरू