सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बटम लाइन : नेपाली काँग्रेस
नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग र अडानलाई नछाड्ने बताएको छ । आज बसेको काँग्रेस पदाधिकारी बैठकले उक्त निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बदाधिकारी बैठक समिति गठन नभएसम्म संसद्को कामकारबाही अघि बढ्न नदिने सहमतिमा अडिग रहेको बताइएको छ ।
सरकारले आगामी मंगलबार संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने जनाएको छ । सोहीबमोजिम संसदको बैठक पनि आह्वान गरिएको छ । तर यसबारे काँग्रेसले छुट्टै निर्णय गर्ने भएको छ ।
काँग्रेसको आजको बैठकमा प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुखले निर्वाह गर्नुभएको भूमिकाप्रति आपत्ति जनाइएको छ ।
टिप्पणीहरू