संसदको अवरुद्ध बैठक खुलाउन बालुवाटारपछि सिंहदरबारमा अर्को प्रयास

संसदको अवरुद्ध बैठक खुलाउन बालुवाटारपछि सिंहदरबारमा अर्को प्रयास

सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल राख्नुभएको छ । दिउँसो २ बजे बोलाइएको  बैठकमा सभामुखले सहभागिताका लागि उहाँहरुलाई बोलाउनुभएको हो । 

छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुखसचेकतहरू सहभागी हुने बताइएको छ । अस्तिदेखि प्रारम्भ भएको बजेट अधिवेशनको पहिलो दिनको बैठक नेपाली काँग्रेसले अवरुद्ध गरेपछि संसद बैठक पर्सि साँझ ६ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख घिमिरेले अवरुद्ध संसद् बैठक सुचारुका लागि छलफल गर्न लाग्नुभएको हो । तर, पर्सि दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ ।

संसदमा भएको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो ।
 

टिप्पणीहरू