अस्ताए इतिहासकार ज्ञानमणि नेपाल

अस्ताए इतिहासकार ज्ञानमणि नेपाल
सुन्नुहोस्

इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । उहाँको ९१ वर्षको उमेरमा आज निधन भएको हो । 

नेपाललाई उपचारको निम्ति १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँको पुस्तकमध्ये ‘नेपालको महाभारत’ सबैभन्दा चर्चित हो।

उहाँका ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपाल निरुपण’, ‘नेपाल–भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ लगायत पुस्तक प्रख्यात छन् ।

 

टिप्पणीहरू