बिरामीको निधनपछि सुषमा कोइराला अस्पतालको अवस्था तनावग्रस

बिरामीको निधनपछि सुषमा कोइराला अस्पतालको अवस्था तनावग्रस
सुन्नुहोस्

उपचाररत बिरामीको निधनपछि शंखरापुर नगरपालिका ६, सलम्बुटारस्थित सुषमा कोइराला अस्पतालमा मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन् । गत मंगलबार भर्ना गरिएका रुपा जैशीको आज बिहान निधन भएपछि अस्पतालको अवस्था तनावग्रस्त भएको बताइन्छ ।

शंखरापुर नगरपालिका ६, चटिटार बस्दै आएकी डोल्पाको त्रिपूरासुन्दरी नगरपालिका ७ की ३४ वर्षे जैशीलाई गते उपचारको निम्ति उक्त अस्पतालमा ल्याइएको थियो । डेंगी संक्रमित भनिएकी उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । 

जैशीका श्रीमान देवप्रसाद बुढाथोकीसहित आफन्तहरुले साढे १० बजेदेखि चिकित्सककको लापरबाहीबाट बिरामीको मृत्यु भएको जनाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

टिप्पणीहरू