श्रीमतीसँगै अमेरिका उडेका गभर्नर तीन साता उतै

श्रीमतीसँगै अमेरिका उडेका गभर्नर तीन साता उतै

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अमेरिका गएका छन् । उनी कतार एअरवेजको उडान नम्बर क्युआर ६४९ मा बिहान ११ बजे काठमाडौंबाट दोहा हुँदै त्यता गएको बैंक स्रोतले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकमा भाग लिन गभर्नर अधिकारी श्रीमती सरिता अधिकारीसहित वाशिंगटन गएका हुन् । टोलीमा बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र सहायक निर्देशक पुष्पचन्द्र खनाल पनि छन् । 

उनको कात्तिक २१ गते स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू