फेवातालको बीचमा पुगेपछि अचानक हावाहुरी, सशस्त्रद्वारा उद्धार

फेवातालको बीचमा पुगेपछि अचानक हावाहुरी, सशस्त्रद्वारा उद्धार

फेवातालमा डुंगामा सयर गर्दै गरेका दुई जनालाई सशस्त्र प्रहरी बलले आज अपरान्हको हावाहुरीको समयमा उद्धार गरेको छ । तालको बीच भागमा पुगेको बेलामा चलेको ठूलो हावाहुरीपछि सशस्त्र प्रहरी बल २४ नम्बर कालिका गणबाट खटिएको रेस्क्यू टीमले उद्दार गरेको बताइएको छ । 

आफैं डुंगा चलाएर तालको बीचमा पुगेपछि रुपन्देहीको देवदह नगरपालिका–११ का २२ वर्षे मनिष विश्वकर्मा र रुपन्देही–११, बुटवलकी २२ वर्षीया प्रिती सुनारले हारगुहार गरेपछि उद्दार गरिएको हो ।

कालिका गणले फेवातालको टावरमा रेस्क्यू टीम खटाउँदै आएको छ ।

टिप्पणीहरू