भीरबाट लडेर सैनिकको मृत्यु, हेलिकप्टरमा शव ल्याइँदै

भीरबाट लडेर सैनिकको मृत्यु, हेलिकप्टरमा शव ल्याइँदै
सुन्नुहोस्

नेपाली सेनाका प्युठ धनबहादुर ओलीको मृत्यु भएको छ । खानेपानी बन्द भएपछि हेर्न गएका उनको भीरबाट लडेर ज्यान गएको हो । बाँकेको बैजनाथ गाउँपालिका–४ घर भएका उनको हिजो निधन भएको सेनाले जनाएको छ । 

बाजुराको हिमाली गाउँपालिका–५ स्थित सुरक्षा पोष्ट,तिथिचौरमा बाहिरी मुहानबाट आउने खानेपानी बन्द भएपश्चात् बनाउन भनेर ब्यारेकबाट निस्किएका थिए । 

सो क्रममा भीरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी तथा स्थानीय निकायका प्रतिनिधिको रोहबरमा आज बिहान घटनास्थलको मुचुल्का उठाइएको छ । तिथिचौरमा राखिएको उनको शव पोष्टमार्टमका निम्ति कोहलपुर मेडिकल कलेज ल्याउन लागिएको छ । 

त्यसका लागि श्री दुर्गा भञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले हेलिकप्टर माग गरेका छन् । उनको शव पोष्टमार्टमपछि घर लगिने बताइएको छ । त्यहाँबाट हेलिकप्टर पुनः बाजुरा आउने छ । मृतकका आफन्त जनक ओलीले अन्तिम पटक भेट्ने इच्छा देखाएकाले कोहलपुरबाट हेलिकप्टर बाजुरा ल्याउन लागिएको हो ।

टिप्पणीहरू