चीन–रुस संयुक्त वक्तव्य जारी, असल सम्बन्ध थप उचाइमा पुर्याउने समझदारी
चीनका राष्ट्रपति सि चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त वक्तव्य जारी गर्नुभएको छ । आज बिहान बेइजिङ पुग्नुभएका रुसी राष्ट्रपति र चिनियाँ समकक्षीबीचको औपचारिक भेटवार्तापछि वक्तव्य प्रकाशित गरिएको छ ।
वक्तव्यमा दुई मुलुकबीच कायम असल सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीको निम्ति आगामी दिनमा थप उचाइमा पुर्याइने उल्लेख छ । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सवको उपलक्ष्यमा रुसी राष्ट्रपतिको राजकीय चीन भ्रमण भएको हो ।
रुसी राष्ट्रपति पुटिन अघिल्लो महिना पुनः राष्ट्रपतिका निर्वाचित भएपछि पहिलो विदेश भ्रमणको रुपमा चीन पुग्नुभएको हो । उहाँ भोलि चीनको उत्तरपूर्वी शहर हारपिन जाँदै हुनुहुन्छ । हारपिनमा चीन–रुस व्यापार मेला तथा प्रदर्शनीको आयोजना गरिएको छ।
समाचार : सिन्ह्वा ।
टिप्पणीहरू