दलाई लामाको जन्मथलोबाट कम्युनिस्ट नेताको आगमन
काङ्ग्रेससङ्गको सत्ता समीकरण रहँदा सन १९५९ देखि भारत निर्वासित तिब्बती धर्मगुरु दलाइ लामाको लुम्बिनीमा भर्चुअल उपस्थिति गराउन तयार प्रचण्ड सरकार एमाले सम्मिलित समीकरण बन्नासाथ नोबल पुरस्कार बिजेताहरुको सम्मेलन स्थगित गराउने निर्णयमा पुगेको थियो । यो सरकार अहिले उनै दलाई लामाको जन्मथलो छिङहाईका प्रान्तीय पार्टी सचिवलाई नेपाल ल्याउने तयारीमा जुटेको बुझिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाईका सचिव छन काङ नेतृत्वको टोली जेठ तेस्रो साता नेपाल आउन लागेको सरकारी उच्च स्रोतले बताएको छ ।
६० वर्षे काङ यसअघि अल चाइना फेडरेसन अफ ट्रेड युनियनका सचिव थिए । पार्टीको जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै समय राजधानी बेइजिङमा रहेका उनी त्यसपछि क्वियाङमा पार्टी सचिवको जिम्मेवारी निर्वाहका लागि क्विचौ गए ।
प्राप्त विवरणअनुसार उनले सिओङआनको नयाँ क्षेत्रमा पार्टी सचिव र हपेइ प्रान्तमा उपगभर्नरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । उनी उक्त प्रान्तको पार्टी स्थायी समिति सदस्य पनि थिए ।
यसवीच आदिवासी जनजाति मामिला हेर्ने मन्त्री स्तरका अर्का नेतालाई समेत नेपाल ल्याउन प्रचण्ड सरकारले तयारी थालेको प्रधानमन्त्री कार्यालयस्थित बिशेष श्रोतले जनआस्थालाई बतायो ।
टिप्पणीहरू