स्कुटरको ठक्करबाट तीनजना घाइते

स्कुटरको ठक्करबाट तीनजना घाइते

चितवनमा साइकलयात्रीलाई स्कुटरले ठक्कर दिएको छ । भरतपुर महानगरपालिका-१९ थानेदार चोकबाट विष्णु चोकतर्फ जाँदै गरेको साइकलयात्रीलाई पछाडिबाट आउँदै गरेको ग. १७ प २६५ नम्बरको स्कुटरले हिजो बेलुका ठक्कर दिएको हो । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार ठक्करबाट वडा नम्बर-१८ बलराम चोक बस्ने २७ वर्षीया सरिता सुनार घाइते भएकी छिन् । नयाँ मेडिकल कलेजमा उपचाररत उनको ढाडमा चोट लागेको छ । 

यता, स्कुटर चालक र पछाडि सवारलाई पनि सामान्य चोटपटक लागेको छ । वडा नम्बर-७ टाउन चोक बस्ने २० वर्षीय चालक विशाल विकलाई खुट्टामा र पछाडि सवार २४ वर्षीया सुस्मिता विकको खुट्टा र ढाडमा चोटपटक देखिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले स्कुटर नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू