गोदावरीका बालबालिकालाई पोलियो खोप लगाइँदै
ललितपुरको गोदावरी नगरपालिकाले आईपिभी खोप अभियान सञ्चालन गर्ने भएको छ । आउँदो जेठ १३ देखि २० गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
नगरपालिकाअन्तर्गतको सम्पूर्ण सरकारी स्वास्थ्य संस्थामा सो खोप लगाइने जनस्वास्थ्य अधिकृत लालबहादुर थापाले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरुले सो खोप पाउनेछन् ।
‘स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश संघ सःशर्त अनुदानअन्तर्गत परिवार कल्याण महाशाखाको स्वीकृत कार्यक्रमअनुसार यस गोदावरी नगरपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरु (प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र) द्धारा सञ्चालन हुन लागेको आईपिभी खोप अभियान २०८१ मा २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरुलाई को लागि यही मिति २०८१ साल जेठ १३ गतेदेखि २० गतेसम्म सञ्चालन हुने...’, जारी सूचनामा उल्लेख छ ।
आईपिभी पोलियो रोगविरुद्धको खोप हो । पोलियो भाइरसद्धारा लाग्ने यो रोग उन्मूलनका लागि सरकारले हरेक वर्ष प्रत्येक स्थानीय तहमा आईपिभी खोप अभियान सञ्चालन गर्दै आएको छ ।
टिप्पणीहरू