हात्तीको आक्रमणबाट एक जनको मृत्यु

हात्तीको आक्रमणबाट एक जनको मृत्यु
सुन्नुहोस्

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मनहरी गाउँपालिका वडा ६, प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको हात्तीको आक्रमणबाट मृत्यु भएको बताइएको छ । 

गाईवस्तु चराउन निस्केका उनको पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रस्थित चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा हात्तीको आक्रमणबाट ज्यान गएको हो । हात्तीले आक्रमण गरेपछि उनलाई घटनास्थलमै मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

राईको क्षतविक्षत शव आज मात्रै फेला पारी पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लैजाने तयारी गरिएको छ । घटनामा हात्तीको आक्रमणबाट दुई वटा राँगा घाइते अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले जानकारी दिए ।

टिप्पणीहरू