यता बैठक स्थगित, उता अधिवेशन अन्त्य

यता बैठक स्थगित, उता अधिवेशन अन्त्य

प्रतिनिधि सभाको आजको बैठक नबसी स्थगित गरिएको छ । बिहान ११ बजे बोलाइएको बैठक सत्तापक्ष र विपक्षी दलहरु छुट्टा–छुट्टै संवादमा जुटेपछि सभामुख देवराज घिमिरेले बैठक २ बजेसम्मको लागि सार्नुभएको थियो । 

दलहरुबीच सहमति नजुेटपछि बैठक पर्सि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै नेपाली काँग्रेसले संसद अवरोध गरिरहेको छ । 

उता सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले मन्त्रिपरिषद्को सिफारिसमा भरे मध्यरातदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । 

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘माननीय प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा प्रदेशसभाको चालु तेस्रो अधिवेशन सम्वत् २०८१ जेठ ४ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ ।’

टिप्पणीहरू