कोशीमा मन्त्रीहरुको शपथ, विना विभागीयलाई जिम्मेवारी

कोशीमा मन्त्रीहरुको शपथ, विना विभागीयलाई जिम्मेवारी
सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज १० सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

एमालेबाट एकराज कार्कीले खानेपानी तथा ऊर्जा, पाँचकर्ण राईले सामाजिक विकास, लिलाबल्लभ अधिकारीले कानुन र सिर्जना राईले राज्यमन्त्रीको सपथ लिएका हुन् । 

यस्तै माओवादी केन्द्रबाट नारायण बुर्जा मगरले पर्यटन तथा वन, राजेन्द्र कार्कीले स्वास्थ्य र वन्दना झाँगडले राज्यमन्त्रीको सपथ लिएकी छन् । 

यसअघि वैशाख २७ गते मुख्यमन्त्री कार्कीले एमालेबाटै राम राना मगर र माओवादीबाट गणेश उप्रेतीलाई विना विभागीयमन्त्री नियुक्त गरेका थिए । आज मगरलाई अर्थिक मामिला तथा योजना मन्त्रालय र उप्रेतीलाई  भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

टिप्पणीहरू