गजुरीमा सवारी दुर्घटना, एक जनाको निधन

गजुरीमा सवारी दुर्घटना, एक जनाको निधन
सुन्नुहोस्

धादिङको गजुरी बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा ट्रकले मोटरसाइकललाई दिएको ठक्करमा अर्का एक जना घाइते छन् । घाइतेलाई थप उपचारको निम्ति काठमाडौं ल्याइएको छ ।

काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको ना.छ ख २९२० नम्बरको ट्रकले अर्को दिशाबाट आउँदै गरेको  मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ । त्यसमा सवार  धादिङ गजुरी गाउँपालिका १ सुन्दर वस्तीका १५ वर्षीय सुविन बराईली घाइते छन् ।
 

टिप्पणीहरू