माधव नेपालसँग जनार्दन शर्माको दुई घण्टा बातचित

माधव नेपालसँग जनार्दन शर्माको दुई घण्टा बातचित

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । 

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरअघि भेटवार्ता भएको बताइएको छ । झण्डै दुई घण्टा लामो भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पछिल्लो समय सम्बन्ध चिसिएको चर्चा भइरहँदा भेटवार्तालाई चासोका साथ हेरिएको छ । 

जेठ ८ गते विश्वासको मत लिने तयारीमा रहनुभएका प्रधानमन्त्रीले सरकारसँग सन्तुष्ट नरहेको नेकपा एसलाई फकाउन जनार्दनलाई आलोकनगर पठाएको हुनसक्ने अनुमान छ ।

टिप्पणीहरू