बालुवाटारमा संसद्को गतिरोध हटाउने प्रयास
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद्को गतिरोध हटाउन प्रमुख चार दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र रास्वपा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेबीच छलफल भइरहेको छ ।
छलफलमा काँग्रेस नेताहरु गगन थापा, रमेश लेखक र कृष्ण सिटौलाको पनि सहभागिता रहेको बताइएको छ ।
टिप्पणीहरू