राजा फर्काउन माइतीघरमा दुई जनाको प्रदर्शन
हिन्दुराष्ट्र र राजसंस्था पुनर्बहालीको माग गर्दै दुइजना राजावादी धर्नामा बसेका छन् ।
'राष्ट्रवादीहरुको साझा संगठन नेपाल' का तर्फबाट धार्मिक अभियन्ता रत्न श्रेष्ठ र शंकर मघैयाले आज माइतीघर मण्डलाको बिस्तारित सडक खण्डमा धर्ना दिएका हुन् । उनीहरुले राजतन्त्र पुनर्स्थापनासँगै २०४७ सालको संविधान जगाउन पनि माग गरेका छन् ।
धर्नास्थलमा 'वैदिक सनातन हिन्दु अधिराज्य स्थापना', '२०४७ सालको संविधान आजको आवश्यकता', 'राष्ट्रका लागि राजा', 'धर्म संस्कृति र राष्ट्र जोगाउन राजा' लेखिएको ब्यानर प्रदर्शन गरिएको छ ।
टिप्पणीहरू