गृहमन्त्री निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।
अधिवक्ता अनुपम भट्टराईले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै पदबाट तत्काल निलम्बन गर्न माग गरिएको छ ।
लामिछानेविरुद्ध सहकारी ठगीका कुनै पनि मुद्दा वा उजुरी नरहेको भन्दै गलत जानकारी दिएकोमा महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग समेत गरिएको छ ।
टिप्पणीहरू