सहकारी छानबिन कार्यादेशमा गोर्खा मिडिया इन, रवि आउट
सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न नेपाली काँग्रेस सहमत भएको छ । कार्यादेश अर्थाते टीओआर विवादले अवरुद्ध हुँदै आएको संसद बैठक आजदेखि सुचारु हुने बताइएको छ ।
छानबिन समितिको टीओआरमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने सहमति भएको छ । तर यसअघि लामिछाने आबद्ध कम्पनी गोर्खा मिडियालगायतको नाम उल्लेख गर्नेमा काँग्रेस सहमत भएपछि संसद बैठक ३ बजे प्रारम्भ गरिने भएको छ ।
यसअघि आज बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे र १ बजे बोलाइएको संसद्को संयुक्त बैठक ३ बजे सारिएको थियो । संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै हुनुहुन्छ ।
टिप्पणीहरू