प्रधानमन्त्री सिन्धुपाल्चोकबाट फर्केपछि वीर अस्पतालमा

प्रधानमन्त्री सिन्धुपाल्चोकबाट फर्केपछि वीर अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीर अस्पताल पुग्नुभएको छ । उहाँ दाँतको उपचारको क्रममा फलोअपका लागि केहीबेरअघि त्यहाँ जानुभएको बताइएको छ ।

प्रधानमन्त्री दाहाल आज दिउँसो सिन्धुपाल्चोकको जिल्ला अस्पताल उद्घाटनका लागि चौतारा जानुभएको थियो । चीनको सहयोगमा निर्मित अत्याधुनिक अस्पतालको उद्घाटनपछि उहाँ वीर अस्पताल पुग्नुभएको हो ।

दाँतको उपचारको क्रममा यसअघि एक पटक सोही अस्पतालमा फलोअप भइसकेको छ ।

टिप्पणीहरू