मधेश सरकारबारे बूढानीलकण्ठमा छलफल

मधेश सरकारबारे बूढानीलकण्ठमा छलफल

मधेश सरकारको भविष्य छिनोफानो गर्न नेपाली काँग्रेस र मधेश केन्द्रित दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उहाँको निजी निवास बूढानीलकण्ठ पुगेका छन् । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि आमन्त्रण गरिएको काँग्रेस नेताहरुले बताएका छन् ।

गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका थिए । अब यहाँ कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न शीर्ष नेताहरु छलफलमा जुटेको बताइन्छ । 

१०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ । यहाँ एमालेका २३, कांग्रेसका २२, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका ७, जसपा नेपालका १६, जनमतका १३ र लोसपाका ९ सांसद छन् ।

टिप्पणीहरू