माधव नेपालले साथ नछोड्नेमा प्रचण्ड ढुक्क
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी सत्ता गठबन्धनबाट बाहिर नजानेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
नेकपा एसका अध्यक्ष माधव नेपाल हिजो विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्ता समीकरण छोड्न लागेको चर्चा भैरहँदा प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । आज बिहान मात्रै आफूसँग कुराकानी हुँदा नेपालले समीकरण बाहिर नजाने विश्वास दिलाएको उहाँले बताउनुभयो ।
‘माधवजी अलि पहिलेदेखि नै उता पनि, यता पनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर,अहिले बिहान मेरो कुरा हुँदाखेरि माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्ने कुरामा क्लियर गर्नुभएको छ’,
‘माधवजी अलि पहिलेदेखि नै उता पनि, यता पनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर,अहिले बिहान मेरो कुरा हुँदाखेरि माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्ने कुरामा क्लियर गर्नुभएको छ’, प्रधानमन्त्रीले भन्नुभयो ।
मधेस प्रदेशमा पनि नेकपा एस समीकरण भन्दा बाहिर नहुने उहाँको दाबी छ ।
टिप्पणीहरू