मधेसमा आफ्नो सरकार बन्ने भएसङ्गै डा.सिके राउत दिल्ली भएर अमेरिकातर्फ

मधेसमा आफ्नो सरकार बन्ने भएसङ्गै डा.सिके राउत दिल्ली भएर अमेरिकातर्फ

मधेस प्रदेशमा एमाले,माओवादीको समर्थनसहित सरकार बनाउने सहमतिमा हस्ताक्षर जुटाएलगत्तै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत अमेरिकातिर लागेका छन् । उनी एअर इण्डियाको उडान नम्बर एआई २१२ मा नयाँ दिल्ली हुँदै गएराति पौने १० बजे प्रस्थान गरेका हुन् ।

उनी अमेरिकामा रहेका तराई मूलका नेपालीहरुको कार्यक्रमलाई सम्बोधन गर्न गएको बताइएको छ । भोलि अमेरिकामा तराई मूलका नेपालीहरुको संगठनको सातौं अधिवेशन हुँदैछ । डा. राउत सोही कार्यक्रममा सहभागी हुन गएका हुुन् ।

 

साधारण राहदानी प्रयोग गरेर अमेरिका उडेका राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष भने प्रयोग गरेका थिए । उनलाई बिदाई गर्न विमानस्थलमा जनमतका केही नेता पुगेका थिए ।

टिप्पणीहरू