ललितकला प्रदर्शनीमा मुलकभरका कलाकारको कलाकृति

ललितकला प्रदर्शनीमा मुलकभरका कलाकारको कलाकृति

अस्तिदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा देशभरका कलाकारले आफ्नो कलाकृति प्रस्तुत गरेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रदर्शनीमा सातै प्रदेशका कलाकारहरुले आफ्नो कलाकृति देखाएका हुन् । 

प्रदर्शनीमा चार सय ८२ जना कलाकारका पाँच सय २२ वटा कलाकृति समावेश छ । ललितकलाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतिष्ठानले पहिलो पटक प्रादेशिक प्रदर्शनीको आयोजना गरेको हो । 

प्रदर्शनीमा सहभागी हुन इच्छुकलाई माघ १२ गते जारी सूचनाबाट अवगत गराइएको थियो । सोहीअनुरुप प्रादेशिक ललितकला प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको हो । प्रदर्शनी जेठ ३० गतेसम्म सञ्चालन हुने छ ।

तस्बिरहरु

टिप्पणीहरू