करार जागीर

करार जागीर

बुबा भन्छन् बाबू जा भिड्न करारमा जागीर खुल्यो ।
जागिरे  हुने भइयो  भन्दै गर्वले मेरो  छाती फुल्यो ।।

प्रमाणपत्र र निवेदन बोकी पुगेँ कार्यालय निवेदन दिन ।
होला नहोला थाहा छैन थालेँ मैले चिन्ता लिन ।।

नाम निकाल्छु भनेर खटेँ पढ्नलाई निकालेँ छुट्टै जोश ।
बाहिर सुन्छु पढाइले लाग्दैन समात्नुपर्छ ठूलै बोस् ।।

किताब छोडी बोस् खोज्न हिँडे पुगेँ सिंहदरबारको गेटमा ।
मन्त्रालय छिरेँ, मन्त्रीलाई भेटेँ, आस पलायो सिङ्गल कोटामा ।।

मन्त्रीले भन्नु भो हाम्रो पनि मान्छे छन् सकेको गरौंला ।
स्वकीय बाहिर छन् नाम टिपाएर जानुस् भएसम्म हेरौंला ।।

घच्घच्याइ रहेँ दिनहुँ मैले फोन गरी नेतालाई ।
नेताले भन्दिए नछुटाइदिनुस् त्यो हाम्रो केटालाई ।।

परीक्षा तोकियो दिन गएँ के होला थाहा छैन ।
वरपर हेर्छु सबै पावरफुल रोजगार पाको छैन ।।

एउटालाई लगे खुसुक्क भित्र कानेखुसी गर्नलाई ।
साथीहरु भन्छन् त्यसैलाई गराउँछन् भाग्य छैन पर्नलाई ।।

परीक्षा भयो बहाना मात्रको एक महिना समय खेर गयो ।
भोलिपल्ट सम्झेँ नेतालाई, भन्छन् सिफारिस अर्कैलाई भयो ।।
 

टिप्पणीहरू