ओझेलमा परेका कथाहरू सार्वजनिक

ओझेलमा परेका कथाहरू सार्वजनिक

स्वर्गीय कथाकार केशवप्रसाद आचार्यले लेखेको कथाहरुको संग्रह प्रकाशित भएको छ । वि.सं. २०१० को दशकमै रुपरेखा, गोरखापत्र, दिपकजस्ता महत्वपूर्ण पत्रिकाहरुमा प्रकाशित भएको तर नेपाली आधुनिक कथा साहित्यको इतिहासमा उल्लेख नभएको कथाहरुको संग्रह प्रकाशित गरिएको हो । 

कथाकार अमोद भट्टराईद्धारा सम्पादित उक्त संग्रहमा आचार्यका आठ वटा कथा छन् । त्यस्तै, संग्रहमा विस्तृत सम्पादकीय–आलेख पनि समावेश छ । प्रकाशन संस्था शूत्रव्दाराले ललितपुरमा हिजो आयोजना गरेको कार्यक्रममा आचार्यकी ८७ वर्षीया श्रीमती श्रीधरा आचार्य, समालोचक गीता त्रिपाठी र संविधानविद् भीमार्जुन आचार्यले संग्रह सार्वजनिक गरेका हुन् । 

प्रकाशित संग्रह नेपाली कथा साहित्यको हराएको इतिहासको एउटा दस्तावेज मात्र नभई नेपाली राजनीति, शिक्षा र पत्रकारिताको विभिन्न कालखण्डको खोजी पनि भएको कार्यक्रममा उपस्थितहरुले बताएका थिए । 

आचार्य कलिलै उमेरदेखि नै नेपाली साहित्य र राजनीतिक क्षेत्रमा संलग्न थिए । नेपाललाई स्वतन्त्र बनाउने अभियानमा राजनीतिज्ञ गणेशमान सिंहलाई सहयोग गर्न आचार्य वि.सं. २००५ सालमा काठमाडौंबाट भागेर रक्सौल गएका थिए । त्यतिबेला उनी १७ वर्षको मात्र थिए ।

टिप्पणीहरू