हिरासत पुगेपछि कवि

हिरासत पुगेपछि कवि

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले हिरासतमा लेखेका कविताहरूको संग्रह सार्वजनिक गर्ने भएका छन् । काठमाडौं तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनापछि पक्राउ परेपछि झण्डै दुई महिना हिरासतमा बसेका उनले ‘माथिको आदेश छ’ शीर्षकको कविता संग्रह ल्याउन लागेका हुन् ।

‘फाइन प्रिन्ट’ले बजारमा ल्याउने उक्त पुस्तक आगामी भदौ २८ गते लोकार्पण मिति तय गरिएको छ । संग्रहमा मिश्रले ५० दिन हिरासतमा बस्दा लेखेका ३५ कविता समावेश गरिएको बताइन्छ । ‘५० दिन हिरासतमा बस्दा मलाई ३५ ओटा कविता फुरेछन् । कविताको सोच आउनु सामान्य हो तर त्यो स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो,’ मिश्रले भनेका छन्, ‘त्यति छोटो अवधिमा यति धेरै कविता मैले जीवनमा कहिल्यै लेखेको थिइनँ । हिरासत बसाइँका क्रममा कुनै दिन दुई कविता पनि लेखेको रहेछु । ती कविताहरू हिरासतको “म” का आवाज, आवेग र आर्तनाद हुन् ।’

उनले यसअघि ०७१ सालमा पहिलो कविता संग्रह प्रकाशित गरेका थिए । विश्वकै प्रतिष्ठित सञ्चारमाध्यम बीबीसीको जागिर त्यागेर राजनीतिमा होमिएका उनी त्यसयता साहित्यबाट टाढिएका थिए । तर, राजावादी आन्दोलनमा सक्रिय हुन थालेपछि साहित्यप्रतिको झुकाव बढेको हो ।

टिप्पणीहरू