प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल शुरु
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे डाकिएको छ । आजदेखि गत मंगलबार प्रस्तुत आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि छलफल हुने कार्यसूची बनाइएको छ ।
राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ भएको जनाउँदै संसदका महासचिव पद्यम प्रसाद पाण्डेयले जारी गर्नुभएको सम्भावित कार्यसूचीमा दुई वटा प्रस्ताव समेटिएका छन् ।
जसमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव राखेपछि आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ ।
टिप्पणीहरू