सांसदहरुले नौरंगी पोशाक लगाएको भन्दै माननीयको आक्रोश

सांसदहरुले नौरंगी पोशाक लगाएको भन्दै माननीयको आक्रोश

हाफपाइन्ट र चप्पल लगाएर सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको सम्बन्धमा संसदमा कुरा उठेका छ । 

आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले यो सवाल उठाएकी हुन् । सांसदहरु जस्तोसुकै पोशाक लगाएर संसद भवन र सिंहदरबार प्रवेश गर्न पाउने तर सर्वसाधारणलाई रोक्ने कुरा स्वीकार्य नहुने उनको तर्क छ । 

सांसद न्यौपानेले संसद बैठकमा सांसदहरुले नौरंगी पोशाक लगाएको भन्दै असन्तुष्टि पनि पोखेकी छन् । सांसदहरुको पोशाक कस्तो हुने भन्ने प्रष्ट नियम बनाइनुपर्ने उनको माग छ ।   

‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कतिजना छौँ ? हामी साडीमा आउँछौँ कि ? कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि ? आफ्नो मातृ ड्रेस लगाएर आउँछौ कि ?', उनको प्रश्न छ, 'आज यो संसदमा कोही फ्रक लगाएर आउनुभएको छ । कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही जम्पर लगाएर आउनु भएको छ । हामीलाई चाहीँ सबै छुट ? अनि जनतालाई चाहीँ त्यसमा बन्देज ?'

टिप्पणीहरू