गृहमन्त्रीको आक्षेपमा प्रधानमन्त्रीसँग जवाफ माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले 'देशको सूचना बेच्ने मान्छे यहि सदनमा छन्' भन्ने गृहमन्त्री रवि लामिछानेले विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ मागेको छ ।
आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले जेठ ६ गते संसद्को रोष्टममा उभिएर गृहमन्त्रीले दिएको उक्त अभिव्यक्तिका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । गृहमन्त्रीले गम्भीर आक्षेप लगाएको भन्दै उनले त्यसको हिसाबकिताव गर्ने चेतावनीसमेत दिए ।
‘हामीले त हिसाब–किताब लिनैपर्छ । यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन । हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो', थापाले भने, ‘कि प्रधानमन्त्रीले संसदमा आएर त्यसको जिम्मा लिनुपर्छ । होइन भने संसद्को रेकर्डबाट हटाउनुपर्छ।'
जेठ ६ गतेको प्रतिनिधि सभा बैठकमा थापातर्फ लक्ष्यित गर्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए ।
टिप्पणीहरू