चीन जाने कम्युनिष्टहरुको अर्को टोली तयार

चीन जाने कम्युनिष्टहरुको अर्को टोली तयार
सुन्नुहोस्

पछिल्लो समय चीनले नेपाली कम्युनिष्ट नेताहरुलाई बोलाउने क्रम बाक्लिरहँदा कतिपय नेता उमेरका कारण खुट्टा रोकिएका छन् । 

अहिले हरेक राजनीतिक दलभित्र उत्तर जाने नेता–कार्यकर्ताको सूची तयारी र काँटछाँटको चर्चा सुनिन्छ । खासगरी एमाले–माओवादी गठबन्धन बनेपछि चीननिकट मानिने सरकारसम्बद्ध राजनीतिक दलका नेताको ओहोरदोहोर बाक्लिएको हो ।

यसैक्रममा माओवादीबाट महासचिव देव गुरुङको नेतृत्वमा ३० जनाको टोली भर्खरै चीन घुमेर आयो । एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० जनाको टोली पनि छिट्टै जाँदैछ । एक महिनाअघि नै खुन्मिङमा आयोजित एक कार्यक्रममा जाने भनेर तयारी थालेका एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा रोकिएका छन् ।

त्यसका बाबजुद ६–६ जनाको टोली फेरि जुन महिनामा जाँदैछ । माओवादी, एमालेसँगै एकीकृत समाजवादीको ६–६ जनाको टोलीलाई चीनले बोलाएको छ । एकीकृत समाजवादीको १० औं महाधिवेशनको प्रतिनिधि छनौट सम्मुख पूर्वमन्त्री तथा अछामका सांसद शेरबहादुर कुँवरले नेतृत्व गर्दै टोली जाने भएको छ । त्यसमा रोल्पाकी पत्रकार प्रतिज्ञा मगरसहित छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू