तोप चराका आकर्षक गुँड (फोटो फिचर)

तोप चराका आकर्षक गुँड (फोटो फिचर)
सुन्नुहोस्

तोप चरामा अरू चराभन्दा फरक विशेषता हुन्छ । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इञ्जिनियर’ पनि भनिन्छ । कला र मेहनतले आफ्नो गुँड (घर) बनाउने हुनाले यसलाई चराहरूको इन्जिनियर भनिएको हो ।

तराईदेखि मध्य पहाडी क्षेत्रसम्म पाइने यो चराले चिरेको पातलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ । गुँड रुखको हाँगाबाट तलतिर झुण्डिएको हुन्छ । यी चरा समूहमा बस्न मन पराउँछन् । त्यसैले गुँडहरू एकै ठाउँमा हुन्छन् ।

तोप चरा हिउँद याममा काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउने हुन्छ । हरियो घाँस जम्मा पारेर चुच्चोको सहाराले कलात्मक गुँड बनाउँछन् । झट्ट हेर्दा ती गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ ।

हाँगामा झुण्डिएको लामो गुँड अरु चराको भन्दा भिन्न देखिन्छ । पंक्षी विज्ञहरुका अनुसार यो चराको भाले प्रजातिले मात्र निकै मिहिनेत गरेर गुँड बनाउँछन् । गुँड राम्रो बनाउन भालेहरुबीच प्रतिस्पर्धा नै हुन्छ । हेरौं काठमाडौंको बल्खु क्षेत्रमा देखिएका तोप चराको समूह र तिनका गुँड ।

तस्बिरहरु

टिप्पणीहरू