जुद्ध सडकमा पिच गर्न थालेपछि एमाले अध्यक्षमाथि बालेनको आक्रोश : हुन त पहिले पनि जेल बस्नुभएकै हो

सुन्नुहोस्

राजधानीको जुद्ध सडकमा पिच गर्न थलिएको छ । जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ बिस्तारका लागि काठमाडौै महानगरपालिकाले खनेको सडक किनारमा पिच गरिएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीको नेतृत्वमा खटिएको झण्डै पाँच दर्जनको समूहको उपस्थितिमा पिच गरिएको हो । २२ नम्बर वडाका अध्यक्ष चिनिकाजी महर्जन, सदस्य अनिल हाडा, स्थानीय अमृत मानन्धर, गणपतिलाललगायत धेरैको उपस्थिति रहेको बताइएको छ ।


यसैबीच काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जुद्ध सडकको पिचसँग जोडेर गिरिबन्धु प्रकरणमा जनतालाई नझुक्क्याउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ लेखेका छन् ।

अध्यक्ष ओलीले १० हजार करोडको काण्ड लुकाउन र जनताको ध्यान अन्यत्र मोड्न राज्यको सम्पूर्ण शक्ति लगाउँदै महानगरले नयाँ सडक क्षेत्रमा बनाउन लागेको फूटपाथ मासेर पुनः सडक बनाउन लगाएको आरोप बालेको छ । 

बालेनले लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’

 

टिप्पणीहरू