नयाँ दिल्लीमा काँग्रेस नेताको अपरेसन गरिँदै

नयाँ दिल्लीमा काँग्रेस नेताको अपरेसन गरिँदै
सुन्नुहोस्

नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहको भारतको राजधानी नयाँ दिल्लीमा प्रोस्टेटको अपरेसन गरिएको छ । अपरेसनका लागि सिंह अस्ति दिउँसो नेपाल वायुसेवा निगमको उडानमा त्यता गएका थिए । 

सिंहको प्रोस्टेट अपरेसन फोर्टिस अस्पतालमा गरिएको सिंह निकट स्रोतले बताएको छ । उनको प्रोस्टेटमा समस्या देखिएपछि केही समयअघि नयाँ दिल्लीको अस्पतालमा गरिएको परीक्षणमा पहिलो चरणको क्यान्सर पुष्टि भएको स्रोतको दाबी छ ।

 

टिप्पणीहरू