तीनकुनेको होलसेल पसलमा आगलागी, २ जना घाइते

तीनकुनेको होलसेल पसलमा आगलागी, २ जना घाइते

तीनकुनेको एक होलसेल पसलमा आगलागी भएको छ । तीनकुनेस्थित मदन भण्डारी पार्क छेउमा रहेको खाद्यान्नलगायत किरानाका सामग्रीहरु स्टोर गरिएको गोदाममा आगो लागेको हो । 

आगलागीमा परि स्टोरमा काम गर्ने २ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी शिवराज बुढाथोकीका अनुसार स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो निभाउने प्रयास भएपनि हालसम्म नियन्त्रणमा आइसकेको छैन । 

उनले भने, ‘बिहान ११ बजेदेखि आगो सुरु भएको हो । अहिले हामी स्थानीय र दमकलको सहायतामा नियन्त्रणमा लिन प्रयास गरिरहेका छौं । तर, आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन ।’ 

आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू