मोटरसाइकल दुर्घटनामा बितेका दुबै जनाको पहिचान खुल्यो

मोटरसाइकल दुर्घटनामा बितेका दुबै जनाको पहिचान खुल्यो

काठमाडौँको दक्षिणकाली नजिकै भएको मोटरसाइकल दुर्घटनामा मृतक दुबैजनाको पहिचान खुलेको छ ।

दक्षिणकाली नगरपालिका–८, केराबारीमा  सडकबाट मोटरसाइकलसहित खसेर बितेका दुई जनामा धादिङको सिद्धलेक गाउँपालिका–५ का ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका–५ भक्तपुरकी ३२ वर्षीया सरिता राई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरु दुबै जनालाई मोटरसाइकलसहित सडकबाट तल खसेको तर मृत अवस्थामा फेला पारिएको हो । प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल र दुबै जना सडकबाट हिजो अपरान्ह साढे ४ बजे दुई सय मिटर तलको भीरमा खसेका थिए ।

शव निकालेर पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । अन्य अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर टेकूले जनाएको छ ।

टिप्पणीहरू