मन्त्रालय भागबण्डा टुंगियो, मुख्यमन्त्रीको शपथलगत्तै मन्त्री नियुक्त
सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई आज मुख्यमन्त्री नियुक्त गरेकी हुन् । नवनियुक्त मुख्यमन्त्री सिंहले आज दिउँसो सपथ लिने कार्यक्रम तय भएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमतसहित ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका सिंहले शपथलगत्तै मन्त्री नियुक्त गर्ने तयारीसमेत गतेका छन् । दलहरुबीच मन्त्रालय भागबण्डाको टुंगो लागिसकेको छ ।
जसअनुसार एमालेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद, माओवादीले अर्थ र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय लिने छ । एकीकृत समाजवादीले ऊर्जा, सिंचाइ तथा खानेपानी र कृषि मन्त्रालय पाउने सहमति छ ।
प्रदेश सभामा एक/एक सिट रहेका नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले क्रमश: श्रम तथा यातायात र गृह र संचार तथा कानुन मन्त्रालय पाउने छन् ।
टिप्पणीहरू