गाँजाका लागि गृहमन्त्री कस्सिएपछि आरजू हर्षित

गाँजाका लागि गृहमन्त्री कस्सिएपछि आरजू हर्षित

गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजालाई वैधानिकता दिनेगरी नियमावली ल्याउने बताएका छन् । 

आज बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा उनले उक्त जानकारी दिएका हुन् । यस सम्बन्धमा मन्त्रालयले काम गरिरहेको जनाउँदै गृहमन्त्री लामिछानेले एक महिनाभित्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

जवाफमा समिति सभापति डा.आरजू राणा देउवाले नियमावली तर्जुमामा देखिएको गृहको तदारुकताप्रति खुशी व्यक्त गरिन् । गाँजा खुला गर्ने पहिलो पाइलाको रुपमा एक महिनाभित्र नियमावली बनाउने गृहमन्त्रीको प्रतिबद्धता सकारात्मक रहेको उनको भनाई थियो । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमै तोकेर औषधीय प्रयोगका लागि गाँजाको व्यावसायिक उत्पादन खुला गर्न कानुन बनाउने घोषणा गरेको छ । त्यसैअनुरुप कानुन तर्जुमामा आवश्यक सहजीकरणका लागि समिति सभापति राणाले गृह र अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएकी छन् ।

टिप्पणीहरू