प्रधानमन्त्रीको भारत जाने टोलीमा पाँच जना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँच जनाको टोलीसहित भोलि नयाँ दिल्ली जान लाग्नुएको छ ।
उहाँको टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिव तथा छोरी गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम रहने बताइएको छ ।
प्रधानमन्त्री दाहाल भोलि साँझ नयाँ दिल्लीमा आयोजना गर्न लागिएको भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने कार्यक्रम छ । उहाँ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ मा भोलि दिउँसो साढे १ बजे काठमाडौंबाट त्यता जानुहुने छ । प्रधानमन्त्री पर्सि साँझ ६ बजे निगमकै उडान नम्बर आरए २१८ मा स्वदेश फर्कनुहुने छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ आजै नयाँ दिल्ली जानुभएको छ । उहाँ नेपाल वायुसेवाको उडान नम्बर आरए २१७ मा दिउँसो सवा २ बजे काठमाडौंबाट प्रस्थान गर्नुभएको हो ।
टिप्पणीहरू