शपथ ग्रहणमा सहभागी हुन विदेशी पाहुनाहरु नयाँ दिल्ली पुग्न थाले
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।
उनी भोलि साँझ आयोजना गर्न लागिएको भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन गएकी हुन् ।
हसिनाको टोलीलाई नयाँ दिल्ली विमानस्थलमा सचिव मुक्तेश परदेशीले स्वागत गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू