प्रधानमन्त्रीसङ्ग नौ जना दिल्ली प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ नेपाल वायुसेवाको उडानबाट भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नौ जनाको टोलीसहित त्यता जानुभएको हो । मोदीले साँझ सवा ७ बजे राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शपथ लिँदै हुनुहुन्छ ।
पहिले शपथ ग्रहण समारोह हिजोको लागि तय भएको थियो । तर, एकदिन पछि आज बेलुकीलाई सारियो ।
प्रधानमन्त्री दाहालको टोलीमा पनि पहिले पाँच जना जाने भनिएको थियो । तर आज यो संख्या बढेर नौ पुगेको छ ।
यता प्रधानमन्त्री दाहालको टोलीमा पनि पहिले पाँच जना जाने भनिएको थियो । तर आज यो संख्या बढेर नौ पुगेको छ ।
टोलीमा कानुनमन्त्री पदम गिरी, प्रधानमन्त्रीकी छोरी तथा निजी सचिव गंगा दाहाल,परराष्ट्र सचिव सेवा लम्साल,शिष्टाचार महापाल विष्णुप्रसाद गौतम,सहसचिव भृगु ढुंगाना,शिष्टाचार अधिकृत प्रवीण भट्टराई छन् ।
नयाँ दिल्ली पुगेको टोलीका अन्य सदस्यमा प्रमुख सेनानी निरज भण्डारी र प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने पनि छन् ।
टिप्पणीहरू