चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुल्यो

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुल्यो

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन मागिएको छ ।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आह्वान गरेको छ । 

आयोगले परीक्षामा सहभागी हुन इच्छुकलाई भोलिदेखि आगामी असार १८ गतेभित्र अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप सात दिनसम्म दरखास्त दिन सकिनेछ । यससम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
 

टिप्पणीहरू