नेताहरु कार्यकर्ता व्यवस्थापनमा लाग्दा संघीयता बद्नाम - गृहमन्त्री लामिछाने

नेताहरु कार्यकर्ता व्यवस्थापनमा लाग्दा संघीयता बद्नाम - गृहमन्त्री लामिछाने

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संघीयताको औचित्यमाथि प्रश्न उठाएका छन् । 

नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थाले परिकल्पना गरेको मर्मअनुसार संघीयताको अभ्यास हुन नसकेको जिकिर गरे । प्रदेश संरचनालाई नेताहरुले आफ्ना कार्यकर्ता व्यवस्थापनको थलो बनाएको लामिछानेको आरोप छ । 

‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बद्नाम गराउने काम गरेको छ', उनले भने, 'त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरु कता जाने भन्दा प्रदेशमा ।’

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए ।

टिप्पणीहरू