प्रधानमन्त्रीसँग पाकिस्तानी राजदूतको भेटवार्ता

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा आज अपराह्न भेटवार्ता भएको हो । करिब २० मीनेट लामो उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ ।
टिप्पणीहरू