संवैधानिक परिषद्को बैठक बालुवाटारमा

संवैधानिक परिषद्को बैठक बालुवाटारमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा सभामुख देबराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् । 

जारी बैठकमा संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू