संसद बैठकमा आज पनि एक रुपैयाँ कटौतीको प्रस्ताव राखिँदै

संसद बैठकमा आज पनि एक रुपैयाँ कटौतीको प्रस्ताव राखिँदै

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने कार्यसूची छ । 

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल राखिएको छ । तर, हिजो जस्तै आज पनि सांसदहरुले उक्त मन्त्रालयको शीर्षक खर्चमा एक रुपैयाँ घटाउने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा. अमरेश कुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ कटौतीको प्रस्ताव प्रस्तुत गर्ने आजको कार्यसूची छ । 

हिजो पनि तीलगायतका सांसदले यस्तै प्रस्ताव गरेका थिए ।

टिप्पणीहरू