विश्वकै चिसो राजधानीमा असारमै हिमपात

विश्वकै चिसो राजधानीमा असारमै हिमपात

मंगोलियाको राजधानी उलानबाटोरमा हिमपात भएको छ । राजधानी उलानबाटोरलाई विश्वकै चिसो राजधानी भन्ने गरिन्छ। 

सामान्यतयाः सेप्टेम्बरदेखि मेसम्म हिउँ पर्ने त्यहाँ यस पटक जुन महिनाको २१ तारिखमा पनि परेको छ । हिउँ परेकाले उलानबाटोरको दिउँसोको अधिकतम तापक्रम १ डिग्री सेल्सियस मात्रै छ ।

उलानबाटोरबाट प्राप्त समाचारमा जलवायु परिवर्तनका कारण यो वर्ष त्यसको असर देखिएको हो । सोही कारण दक्षिण एसियाका नेपाललगायतका मुलुकमा यो वर्ष औसतभन्दा बढी गर्मी भएको छ ।

थोरै पानी पर्ने मध्यपूर्वका साउदी अरेबिया, युएईलगायतका मुुलुकमा वर्षा नलाग्दै दुई महिनाअघि जनधनको क्षति हुनेगरी ठूलो वर्षा भएको थियो ।

टिप्पणीहरू