काँग्रेसको अवरोधपछि स्थगित संसद बैठक पर्सि बस्ने

काँग्रेसको अवरोधपछि स्थगित संसद बैठक पर्सि बस्ने

लुम्बिनी प्रदेश सभा बैठक आइतबारसम्म स्थगित भएको छ । आज दिँउसो १ बजे बसेको बैठक बीचमै स्थगित भएपछि असार ९ गतेका लागि अर्को बैठक बोलाइएको हो । 

सो दिन बिहान ८ बजेका लागि बैठक डाँकिएको लुम्बिनी प्रदेश सभाले जनाएको छ । 

‘आगामी सोह्रौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०८१ साल असार महिनाको ९ गते आइतबार बिहान ८ बजे बस्नेगरी तय भएको व्यहोरा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’, जारी सूचनामा उल्लेख छ । 

आज दिँउसो बसेको चौंथो अधिवेशनको पन्ध्रौं बैठकमा नेपाली काँग्रेसले विरोध जनाएको थियो । सरकारले ल्याएको बजेट पक्षपाती भएको भन्दै विरोध भएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो । तर, सहमति नजुटेपछि आजै अर्को बैठक बस्न सकेन ।

टिप्पणीहरू